

रुस, १४ असार । छैठौं पटक विश्व च्याम्पियन बन्ने लयमा रहेको ब्राजिल रुसमा जारी फिफा विश्वकप अन्तर्गत समुह ई बाट नकआउट चरणमा प्रवेश गरेको छ । ब्राजिल समूह विजेताका रुपमा विश्व कपको नकआउट चरणमा पुगेको हो । समुहको अन्तिम खेलमा ब्राजिलले सर्वियालाई दुई शुन्यले हराउदै समुह विजेताका रुपमा अन्तिम १६ मा पुगेको हो ।
समूह ‘इ’का दुई अन्तिम अलग अलग खेलमा ब्राजिलले सर्बियालाई २–० ले हरायो भने अर्को खेलमा स्विट्जरल्यान्ड र कोस्टा रिकाले २–२ को बराबरी खेलेका थिए । स्विट्जरल्यान्ड उपविजेताका रुपमा अन्तिम १६ मा पुगेको छ । अब हुने क्वार्टरफाइनल प्रवेशका लागि ब्राजिलले मेक्सिको र स्विट्जरल्यान्डले स्विडेनको सामना गर्नेछ । समूह ‘एफ’बाट स्विडेन विजेता र मेक्सिको उपविजेताका रुपमा अन्तिम १६ मा पुगेका छन् ।
पहिलो हाफ सकिदा ब्रजिल र स्विस टिमले एक एक गोलको अग्रता बनाएका थिए । खेलको पहिलो आधा घण्टा ब्राजिलले सर्वियासँग गोल रहित बराबरी खेलेको थियो । तर, खेलको ३६ औं मिनेटमा पउलिन्होले ब्राजिलकालागि गोल गर्दै अग्रता बनाएका थिए । दोस्रो हाफको ६८ औं मिनेटमा ब्राजिलले अर्को एक गोल थप्यो । नेयमारको कर्नरमा थिएगो सिल्भाले हेडर गोल गरेका थिए ।