सर्वोच्च अदालतले माग्यो रायमाझी र पाण्डेलाई थुनामा पठाउने मुद्दाको फाइल

सर्वोच्च अदालतले माग्यो रायमाझी र पाण्डेलाई थुनामा पठाउने मुद्दाको फाइल

काठमाडौं।सर्वोच्च अदालतले नक्कली शरणार्थी प्रकरणमा मुछिएका एमाले नेता टोपबहादुर रायमाझी र सचिव टेकनारायण पाण्डेलाई थुनामा राख्ने आदेश दिनुको कारण पेश गर्न आदेश दिएको छ ।

न्यायाधीश कुमार रेग्मीको इजलासले उच्च अदालत, पाटनलाई यस्तो आदेश दिएको हो ।उच्च अदालत पाटनले नक्कली शरणार्थी प्रकरणमा मुछिएका पूर्वमन्त्री रायमाझी र सचिव पाण्डेलाई जिल्ला अदालतले दिएको थुनामा राख्ने आदेशलाई सदर गरेको थियो ।

रायमाझी र पाण्डेलाई थुनामा राख्ने आदेशको ‘कैफियत प्रतिवेदन’ (थुनछेक आदेशका क्रममा न्यायाधीशहरुले किन र के आधारमा त्यो आदेश गरे भनी विस्तृत विवरण खुलाइएको विवरणपत्र) मगाएको हो ।

निवेदनमाथि सुनुवाइपछि न्यायाधीश रेग्मीको इजलासले उच्च अदालतबाट मुद्दाको फाइल सहित कैफियत प्रतिवेदन झिकाउन आदेश गरेको हो ।