स्विडेन र मेक्सिको अन्तिम १६ मा, साविक विजेता जर्मनी स्तब्ध

स्विडेन र मेक्सिको अन्तिम १६ मा, साविक विजेता जर्मनी स्तब्ध

रुसमा जारी विश्वकपकाे समूह ‘एफ’को अर्को खेलमा मेक्सिकोलाई ३–० ले हराउँदै स्विडेन समूह विजेताका रुपमा नकआउट चरणमा पुगेको छ । स्विडेनसँग पराजित भएपनि अघिल्ला दुई खेलको जितका कारण मेक्सिको समूह उपविजेताका रुपमा अन्तिम १६ मा पुग्न सफल भएको छ ।

पहिलो हाफ गोलरहित बराबरी भएको खेलमा अगुस्टिनसनले ५० औ मिनेटमा स्विडेनलाई सुरुवाती अग्रता दिलाए भने ६२ औ मिनेटमा स्विडेनका कप्तान आन्द्रेयास ग्रानभिस्टले पेनाल्टीमार्फत गोल गर्दै टोलीको अग्रतालाई दोब्बर पारे । ७४ औ मिनेटमा अल्भारेजले आत्मघाति गोल गरेपछि मेक्सिकोसंग ३-० को अग्रता कायम राख्याे ।