साविक विजेता जर्मनी सन् १९३८ पछि विश्वकपको समूह चरणबाटै अाउट

साविक विजेता जर्मनी सन् १९३८ पछि विश्वकपको समूह चरणबाटै अाउट

रुस, १३ असार । डिफेन्डीङ च्याम्पियन जर्मनी रुसमा जारी विश्वकपको समूह चरणबाटै घर फर्किएको छ । समूह एफको अन्तिम खेलमा दक्षिण कोरियासँग २-० गोलले पराजित भएपछि जर्मनीले विश्वकपबाट हात धुनु परेको हो ।

खेलको ९० मिनेटसम्म कोरियाले जर्मनीलाई गोलरहित बराबरीमा रोकेको थियो । जर्मनीको खुट्टामा बल बढी भए पनि स्ट्राइकरहरुले गोल गर्न सकेनन् । जर्मनीले झण्डै ७० प्रतिशत बल आफ्नो पोजिसनमा रोखेको थियो । दक्षिण कोरियाको कमाल भन्नै पर्छ ९ मिनेटको इन्ज्यूरी समयमा जर्मन फुटबल र समर्थकका लागि इतिहासमा कहिल्यै नविर्सने चोट दिन सफल भयो ।

थपिएको समयको दोस्रो मिनेटमा दक्षिण कोरियाका किम योंग गियोनले क्लोज रेञ्ज शटमार्फत गोल गरेका थिए । गोललाई रेफ्रीले अफसाइड भन्दै मान्यता दिन अस्वीकार गरे पनि भिडियो असिस्टेन्ट रेफ्रीको प्रणाली अन्तिम बिकल्प बन्यो कोरियाको गोल मान्यताकालागि ।

त्यपछि कोरियाली सुपरस्टार स्ट्राइकर सन ह्युंग मिनले खालीपोष्टमा गोल गर्दै २–० को एतिहासिक जित कोरियाकालागि सुनिश्चित भयो ।
समूह एफबाट स्वीडेन र मेक्सिको नकआउट चरणमा प्रवेश गरेका छन् । आजै भएको खेलमा स्वीडेनले मेक्सिकोलाई ३-० गोलले हराएको हो । यही नतिजाका कारण जर्मनी आउट भएको हो । जर्मनी आफू सहभागी भएको विश्वकपको समूह चरणबाटै सन् १९३८ पछि पहिलो पटक बाहिरिएको छ ।