

रुस, १३ असार । रुसमा जारी विश्वकप फुटबल अन्तर्गत आज ब्राजिल र सर्वियावीच खेल हुँदैछ । समूहमा ब्राजिल ४ अंक सहित शीर्ष स्थानमा छ भने सर्विया तीन अंक सहित तेस्रो स्थानमा छ । मस्को स्थित स्पार्टक एरेनामा हुने खेल पौने १२ बजे हुनेछ ।
प्रि–क्वाटर फाइनल चरणमा पुग्नका लागि दुवै टोलीलाई उत्तिकै दबाब छ । किनभने सर्वियासँग पराजित भएमा र स्वीट्जरल्याण्डले कोस्टारिकासँग कम्तिमा बराबरी खेलेमा ब्राजिललाई अफ्ठ्यारो हुनेछ । छैटौं उपाधि जित्ने लक्ष्यमा रहेको ब्राजिल टिममा फिलिपे काउटिन्हो, नेयमार जस्ता अग्रपंक्तिका खेलाडीको प्रदर्शन समर्थकहरुको लागि बढी अपेक्षाकृत रहेको छ । त्यसो त प्रिक्वार्टर फाइनलमा पुग्नका लागि ब्राजिलले बराबरी खेले मात्र पर्याप्त छ ।