अर्जेन्टिना समूह डी बाट उप विजेता बन्दै अन्तिम १६ मा, मेसी र रोहाेले गरे गोल

अर्जेन्टिना समूह डी बाट उप विजेता बन्दै अन्तिम १६ मा, मेसी र रोहाेले गरे गोल

रुस, १३ असार । रुसमा जारी विश्वकप फुटबल अन्तर्गत समूह डी बाट अर्जेन्टिना उप विजेता बन्दै अन्तिम १६ मा पुगेको छ । यो खेलअघिसम्म समूहको अन्तिममा रहेको अर्जेन्टिनाले नाइजेरियालाई २–१ ले पराजित गर्दै उपविजेताका रुपमा अघिल्लो चरणमा पुुगेको हो । अर्जेन्टिना समूह तालिकामा ४ अंक सहित उप विजेता बनेको हो । अर्जेन्टिनाको जीतमा कप्तान लियो मेसी र मार्को रोजोले गोल गरे ।