रुस, १२ असार । विश्वकपको दाबेदार फ्रान्स र डेनमार्क क्रमशः समूह विजेता र उपविजेताको रुपमा समूह सीबाट विश्वकपको नकआउट चरणमा पुगेका छन् ।
यसअघि नै नकआउट चरणमा पुगिसकेको फ्रान्स र डेनमार्कले गोलरहित बराबरी खेले । जारी विश्वकपमा यो पहिलो गोलरहित बराबरी हो । समूहमा ३ खेलबाट ५ अंक बनाएको डेनमार्क पनि समूह उपविजेताका रुपमा नकआउट चरणमा पुगेको छ ।