पोखरा।राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई मकैको खोया प्रहार गर्ने युवकलाई १० दिन थुनामा राखिने भएको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति लामिछानेलाई शनिबार मकैको खोया प्रहार गर्ने लमजुङका सन्तोष रानाभाटलाई थप १० दिन थुनामा राखेर अनुसन्धान गर्न जिल्ला प्रशासन कार्यालय कास्कीले अनुमति दिएको छ ।
प्रशासनले सार्वजनिक स्थलमा अभद्र व्यवहारसम्बन्धी मुद्दामा रानाभाटलाई थप १० दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।