काठमाडौं । नेपाली राजनीनिका शीर्ष तीन नेताहरुबीच भेटवार्ता भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच छलफल भएको हो ।
आइबार विहान प्रधानमन्त्रीको सरकारी निवास, वालुवाटारमा छलफल भएको बुझिएको छ । नेताहरू बीचमा भएको भेटवार्तामा सङ्क्रमणकालीन न्यायको विषयमा छलफल गरिएको हो, संक्रमणकालीन न्यायसम्बन्धी विषयलाई टुंगोमा पुर्याउन तीन शीर्ष नेताहरु छलफलमा जुटेका हुन् ।
शीर्ष तीन नेताहरूसँगै बैठकमा नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखक पनि उपस्थित थिए । संक्रमणकालीन न्यायलाई सहमतिमै टुंग्याउने विषयमा छलफल भएको बालुवाटार बैठकमा सहभागी कांग्रेस नेता लेखकले जानकारी दिए ।