नेपालको आर्थिक विकासमा सूचना प्रविधिको महत्वपूर्ण भूमिका : अर्थमन्त्री महत

नेपालको आर्थिक विकासमा सूचना प्रविधिको महत्वपूर्ण भूमिका : अर्थमन्त्री महत

काठमाडाै।अर्थमन्त्री डा. प्रकाशशरण महतले नेपालको आर्थिक विकासमा सूचना प्रविधि क्षेत्रले महत्वपूर्ण भूमिका खेलेको बताएका छन् ।

सिआइएन युथ इन्टरपेनियर फोरम नेपाल स्टार्ट अप फेस्ट २०२३ को शनिबार काठमाडौंमा उद्घाटन गर्दै मन्त्री महतले आईटी सेक्टरमा निर्यात बढिरहेको र आउँदा दिनमा अझ बढ्न सक्ने भन्दै नेपालको आर्थिक विकासमा सूचना प्रविधि क्षेत्रले महत्वपूर्ण भूमिका रहेको बताएका हुन् । सूचना प्रविधि क्षेत्रको बिकाका लागि सरकारले सकेसम्म योगदान गर्ने उनले बताए । १२ कक्षापछि विदेश जाने चलनलाई रोक्दै सूचना प्रविधिमा युवाहरुलाई स्वदेशमा नै परिचालन गर्नुपर्नेमा उनले जोड दिए । उनले सरकारले आईटी नीति बजेटमार्फत् व्यवहारिक कार्यान्वयनतर्फ लगिएको जानकारी दिदै ५० प्रतिशतभन्दा थोरै कर लगाउने व्यवस्था गरेको बताए ।

राज्यले दिएको सुविधाले आईटी बिजनेश बढाउन मद्दत पुग्ने मन्त्री डा. महतले बताए । मन्त्री महतले आउँदा दिनमा आईटी नीति अझ सहज हुने जानकारी पनि दिए।