मोरङ । राष्ट्रपति रामचन्द्र पौडेल आज विराटनगर आउँदै छन् । नेपाल उद्योग परिसंघ कोशी प्रदेशले आयोजना गरेको प्रजातन्त्र सेनानीहरूको सम्मान तथा उद्योगीहरूको भेलाको उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।
पौडेल विहान ११ वजे विराटनगर आईपुग्ने कार्यक्रम तय भएको छ । विराटनगरस्थित होटल सिटीप्यालेसमा केही समय भेटघाट समेत गर्ने छन् । राष्ट्रपति पौडेल आजै काठमाडौ फर्कने कार्यक्रम रहेको उनको सचिवालयले जनाएको छ ।