रुस, १२ असार । रुसमा जारी विश्वकप फुटवलमा आज समूह सी र डीका अन्तिम चार खेलहरु हुँदैछन् । समूह सी अन्तर्गत डेनमार्क र फ्रान्स तथा अष्ट्रेलिया र पेरु भिड्दै छन् । दुवै खेल नेपाली समयअनुसार मंगलबार साँझ पौने ८ बजेदेखि हुनेछ ।
समूह डी अन्तर्गत आजै राति पौने १२ बजे नाइजेरिया र अर्जेन्टिना तथा क्रोएशिया र आइसल्याण्ड भिड्दैछन् । यस समूहबाट क्रोएशिया यसअघिका २ खेलमा जित हासिल गरी नकआउट चरणमा पुगिसकेको छ । विश्वकपको दावेदार टोली अर्जेन्टिना यस समूहमा कठिन अवस्थामा छ । नकआउट चरणमा पुग्नका लागि उसले नाइजेरियालाई हराएर मात्र पुग्दैन क्रोएशियाले आइसल्याण्डलाई पनि हराउनै पर्छ ।