समूूह विजेता बन्दै स्पेन नकआउट चरणमा

समूूह विजेता बन्दै स्पेन नकआउट चरणमा

रुस, १२ असार । विश्वकप फुटबल अन्तर्गत सोमबार समूह ए र बीका सबै खेलहरु सकिएका छन् । जसअनुसार समूह ए बाट उरुग्वे र रुस क्रमसः समूह विजेता र उपविजेताका रुपमा नकआउट चरणमा पुग्दा समूह बी बाट स्पेन र पोर्चुगलले क्रमसः समूह विजेता र उपविजेताका रुपमा अन्तिम १६ मा पुगे ।

रुसमा जारी विश्वकप फुटवलमा समूहको अन्तिम खेलमा मारक्कोले स्पेनसँग २–२ को बराबरी खेलेको हो । मोरक्कोलाई खलेको १४ औं मिनेटमा खालि बौताइवले अग्रता दिलाए । तर १९ औं मिनेटमा स्कोले गोल गर्दै बराबरी गरे । युसेफइन नेसरीले ८१ औं मिनेटमा गोल गर्दै जीतको आशा जगाए । तर आएगो एसपासले गोल गर्दै बराबरी गरेका हुन् ।

बराबरी पछि स्पेन समूह बिजेता बन्दै नकआउट चरणमा प्रवेश गरेको छ । मोरक्को भने एक खेल अघिनै बाहिरिसकेको थियो । अब अन्तिम १६ को खेलमा स्पेनले रुस र पोर्चुगलले उरुग्वेको सामाना गर्ने छ ।