राप्रपाले हिन्दु राष्ट्रको पक्ष र प्रदेश खारेजीका लागि देशभर आन्दोलन गर्ने

राप्रपाले हिन्दु राष्ट्रको पक्ष र प्रदेश खारेजीका लागि देशभर आन्दोलन गर्ने

काठमाडौं।राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले देशभर आन्दोलन गर्ने निर्णय गरेको छ ।

राजसंस्था, सर्वधर्म सद्भाव पूर्ण धार्मिक स्वतन्त्रता सहितको वैदिक सनातन धर्म सापेक्ष हिन्दु राष्ट्र पुनः स्थापना र प्रदेश तहको खारेजीको लागि राप्रपाले देशभर आन्दोलन गर्ने निर्णय गरेको हो ।आन्दोलनको तयारीका लागि पुष, माघ महिनामा देशैभर व्यापक सभा तथा तयारीका कामहरु गरिने, फागुन महिनामा मेची महाकाली एकता यात्रा र उपत्यका केन्द्रित प्रदर्शन गर्ने निर्णय गरिएको छ ।

मंगलबार केन्द्रीय समितिको निर्णय सार्वजनिक गर्दै राप्रपाले देशव्यापी आन्दोलन गर्ने निर्णय गरेको हो ।राप्रपाको पुस १ देखि ३ गतेसम्म केन्द्रीय समितिको बैठक बसेको थियो ।

बैठकले अध्यक्ष राजेन्द्र लिङ्देनको नेतृत्वमा आन्दोलनको मूल समितिसहित चार वटा समिति गठन गरेको छ ।