राष्ट्रपति र प्रधानमन्त्रीबीच शीतल निवासमा भेटघाट

राष्ट्रपति र प्रधानमन्त्रीबीच शीतल निवासमा भेटघाट

काठमाडौं।राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डबीच आज मंगलबार भेटवार्ता भएको छ ।

भेटवार्तामा राष्ट्रपति पौडेलले पछिल्लो समय सरकारका विभिन्न निकायले गर्नुपर्ने जनपक्षीय कामको बारेमा समेत सरोकार राखेका छन् । देशको पछिल्ला समसामयिक विषयमा छलफल भएको छ ।

सरकारले पछिल्लो समय गरेका निर्णयहरुका बारेमा रष्ट्रपतिलाई जानकारी गराउन प्रधानमन्त्री शीतल निवास पुगेका हुन् ।