साउदी अरबकाे इजिप्टमाथी २-१ गोलकाे जीत

साउदी अरबकाे इजिप्टमाथी २-१ गोलकाे जीत

प्रतियोगिताबाट बाहिरिसकेकाे साउदी अरेबियाले इजिप्टलाई २-१ ले हरायाे । मोहम्मद सलाहको गोलमा अग्रता लिन सफल भएको थियो ।

पहिलो हाफमा साउदी अरेबियाले दुई वटा पेनाल्टी जित्न पनि सफल भएको थियो । पहिलो पेनाल्टी एल हाड्रिले बचाऊ गरे पनि साउदीका लागि दोस्रो पेनाल्टीमा एल फराजले गाेल गरे ।

साउदीका लागि अल-डसरीले अन्तिमा मिनेटमा गोल गर्दै साउदीलाई जित दिलाएका हुन् । उरुग्वेको ९ अंक रहेको छ भने रुसको ६ अंक रहेको छ । साउदी अरेबियाले ३ अंक बटुल्न सफल रह्यो भने इजिप्ट अंकविहीन रह्यो ।

अघिल्ला आफ्ना दुवै खेलमा पराजित भएका साउदी अरब र इजिप्ट अगाडि नबढ्ने निश्चित भईसकेको छ। साउदी अरबले पहिलो खेलमा रुससँग ५-० तथा दोस्रो खेलमा उरुग्वेसँग १-० गोलले हार ब्यहोरेको थियो। पहिलो खेलमा उरुग्वेसँग १-० गोलले पराजित भएको इजिप्ट दोस्रो खेलमा रुससँग भने ३-१ गोलले पराजित भएको थियो। इजिप्ट २८ वर्षपछि विश्वकपमा सहभागी भएको थियो।