काठमाडौं । सत्तासाझेदार दल नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्दै छ । बैठक दिउँसो १२ः१५ बजे कांग्रेस केन्द्रीय कार्यालय सानेपामा बस्ने कांग्रेसका मुख्यसचिव कृष्णप्रसाद पौडेलले बताएका छन् ।
बैठकमा महासमिति बैठकको तयारी, जाजरकोट भूकम्प र समसामयिक राजनीतिक विषयमा छलफल हुनेछ । आउँदो पुस १६ देखि १९ गतेसम्म हुने भनिएको पार्टीको महासमिति बैठक सार्ने तयारी गरिएको छ । शुक्रबारको बैठकबाट उक्त निर्णय गर्ने तयारी गरिएको बताइएको छ।