टर्कीको राष्ट्रपतिमा एर्दोगान विजयी

टर्कीको राष्ट्रपतिमा एर्दोगान विजयी

टर्कीका निर्वाचन अधिकारीहरूले राष्ट्रपति रेजेप तय्यीप एर्दोआन दोस्रो कार्यकालका लागि विजयी भएको बताएका छन्। प्रमुख निर्वाचन अधिकारी सादी गुभेनले ‘खसेका वैध मतमध्ये राष्ट्रपतिले बहुमत मत ल्याएको’ बताए। तर उनले थप विवरण दिएनन्।

सरकारी सञ्चारमाध्यमका अनुसार ९० प्रतिशत मत गणना भइसक्दा एर्दोआनले करिब ५३ प्रतिशत मत हासिल गरेका छन्। उनका प्रमुख प्रतिद्वन्द्वी मुहर्रम इञ्जाले ३१ प्रतिशत मत हासिल गरेका छन्।