

काठमाडौँ।नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले समृद्ध नेपाल, सुखी नेपालीका लागि सुरु गरिएको मिसन ८४ अभियान नेपाली जनताको भएको बताएका छन् ।
झुलाघाट–चिवाभञ्ज्याङ समृद्धिको लागि संकल्प यात्राका क्रममा बिहीबार र भोजपुरको पौवादुङमा गाउँपालिकामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले सरकारका कारण जनताले दुख पाएको भन्दै ८४ सालसम्म नटिक्ने दावी गरे।सरकार कुहिएको फल जस्तो भएको भन्दै टिप्पणी गर्दै आलीले सरकारको कामबाट सत्तारुढ नेपाली कांग्रेस पनि आजित भइसकेको तर्क गरे।
उनले कांग्रेसले नै २०८४ सम्म पर्खन नसिकने भनिरहेकाले गठबन्धन कुहिसकेकोले कुनै बेला खस्ने बताए। उनले समृद्ध नेपाल निर्माणको खाका नेकपा एमालेसँग मात्र भएको बताए। त्यसका लागि नेकपा एमालेको एकल बहुमतको सरकार आवश्यक रहेको प्रष्ट पारे । नेकपा एमालेले २०८४ निर्वाचनलाई मिसनकै रूपमा लिएको उनको भनाइ छ ।
देश अहिले गम्भीर संकटमा रहेको बताउँदै ओलीले देश जोगाउन राष्ट्रिय शक्ति निर्माणको आवश्यकता रहेको बताए। ओलीले संकल्प यात्रामा जनसहभागिता देखेर आफूहरूलाई थप उत्साहित बनाएको बताए ।