विश्वकपमा तेस्रो चरणका खेल शुरु हुने, आज ४ खेल (को –को भिड्दैछन्)

विश्वकपमा तेस्रो चरणका खेल शुरु हुने, आज ४ खेल (को –को भिड्दैछन्)

रसिया, ११ असार । रसियामा जारी विश्वकप फुटबल अन्तर्गत आजबाट समूह चरणकै अन्तिम तथा तेस्रो चरणका खेल सुरु हुँदैछन् ।

तेस्रो चरण अन्तर्गत आज पौने आठ बजे उरूग्वे र आयोजक राष्ट्र रूस खेल्दैछन् भने सोही समयमा साउदी अरेविया र इजिप्ट पनि खेल्दैछन् ।

त्यस्तै ११ः४५ बजे समूह बीका खेल सुरू हुनेछन् । स्पेन र मोरक्को तथा इरान र पोर्चुगलबीच खेल हुँदैछ । तेस्रो राउण्डका खेल समाप्तिसँगै समूह चरण पार गर्ने र समूह चरणबाटै बाहिरिने टोलीको टुंगो लाग्नेछ ।