कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक मंसिर २९ गते

कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक मंसिर २९ गते

काठमाडौं।संसदको सबैभन्दा ठूलो दल नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक मंसिर २९ गते हुने भएको छ ।

कांग्रेसको विधान अनुसार, कार्यसम्पादन समिति ४६ जनाको हुने व्यवस्था छ । कांग्रेसका सभापति शेरबहादुर देउवाले ३७ जनाको कार्यसम्पादन समिति बनाइसकेका छन् ।विधान अनुसार, कार्यसम्पादन समितिको बैठक प्रत्येक महिना बस्नुपर्ने व्यवस्था छ ।

देउवाले मंसिर २९ गतेका लागि केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएका हुन् । बैठक मंसिर २९ गते शुक्रबार दिउँसो १२ः१५ बजे पार्टीको केन्द्रीय कार्यालय, बी.पी. स्मृति भवनमा बस्ने गरी बोलाइएको छ ।

कांग्रेसले आउँदो पुस १६ देखि १९ का लागि महासमिति बैठक बोलाएको छ ।