विश्वकपमा ह्याट्रिक गर्ने तेस्रो इंग्लिस फुटबलर ह्यारी केन

विश्वकपमा ह्याट्रिक गर्ने तेस्रो इंग्लिस फुटबलर ह्यारी केन

काठमाडौं, १० असार । विश्वकप फुटबलमा इंग्ल्याण्डका कप्तान तथा स्ट्राइकर हृयारी केनले हृयाट्रिक गरेका छन् । पानामाबिरुद्ध इंग्ल्याण्डले एकोहोरो खेल प्रदर्शन गरे थियो । जसमा केनले ह्याट्रिक पूरा गरेका हुन् ।

उनले आइतबार पानामाविरुद्ध हृयाट्रिक गरेका हुन्, जसमध्ये दुई गोल पेनाल्टीमा थियो । २२ औं मिनेट र पहिलो हाफको इन्जुरी टाइममा पेनाल्टी गोल गरेका उनले मैदान छाड्नु अघि ६२ औं मिनेटमा हृयाट्रिक पूरा गरेका हुन् । केन विश्वकपमा ह्याट्रिक गर्ने तेस्रा इंग्लिस फुटबलर बनेका छन् । रुस विश्वकपमा यो दोस्रो हृयाट्रिक हो । पहिलो हृयाट्रिक पोर्चुगलका क्रिष्टियानो रोनाल्डोले गरेका थिए ।

यसअघि सन् १९६६ को विश्वकप फाइनलमा सर जियोफ हर्ष्टले तत्कालीन पश्चिम जर्मनीबिरुद्ध ह्याट्रिक गरेका थिए । उनकै ह्याट्रिकको सहयोगमा इंग्ल्याण्ड विश्वविजेता बनेको थियो । त्यस्तै सन् १९८६ को विश्वकपमा गेरी लिङकरले पोल्याण्डबिरुद्ध ह्याट्रिक गरेका थिए ।