परराष्ट्र सचिव पौड्यालको अवकाश, निमित्त बनिन् लम्साल

परराष्ट्र सचिव पौड्यालको अवकाश, निमित्त बनिन् लम्साल

काठमाडौं । परराष्ट्र सचिव भरतराज पौड्यालले सेवाबाट अवकाश लिएका छन् । पौडेलले अनिवार्य अवकाश लिएका हुन् । सामाजिक सञ्जालमा लेख्दै उनले ३७ वर्ष लामो सक्रिय निजामती सेवाबाट अवकाश लिएको बताएका छन् ।

उनलाई क्यानडाका लागि नेपाली राजदूत बनाउन सरकारले गरेको सिफारिस संसदीय सुनुवाइ समितिले अनुमोदन गरिसकेको छ । सचिव पौड्यालले अवकाश लिएसँगै परराष्ट्र मन्त्रालयकी वरिष्ठ सहसचिव सेवा लम्सालले निमित्त परराष्ट्र सचिवको जिम्मेवारी पाएकी छिन् । सरकारले उनलाई सचिव नियुक्त गर्ने सम्भावना छ ।