मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
मनोरञ्जनपूर्ण साता छ, प्रेमी/प्रेमिका वा पतिपत्नीका बीचमा सुमधुर सम्बन्ध कायम हुनेछ । घरायसी काममा समय र धन खर्च हुनेछ । पारिवारिक जीवनमा रमाइलोपना आउने छ । पुराना साथीभाइसित अचानक भेटघाट हुने र आकस्मिक लाभ मिल्ने समय छ । कर्मसिद्धिको समय छ । सामूहिक नेतृत्व सम्हाल्ने मौका मिल्नेछ । व्यापारमा लाभ हुनेछ । समाजमा प्रतिभाको कदर हुनेछ । प्रशस्त फाइदा हुनेछ । काममा मातापिताको सहयोग प्राप्त होला । विशिष्ट व्यक्तिको विचारले प्रभावित तुल्याउन सक्छ । प्रतिष्ठित काम गर्ने मौका छ । अरूलाई प्रभावित पारेर काम बनाउने समय छ । तर सोमवारदेखि बुधवारसम्म आठौं भावमा चन्द्रमा रहने भएकाले सतर्क हुनुपर्ने हुन्छ । यस अवधिमा पछाडि कुरा काट्नेहरूले षड्यन्त्रको तानाबुना रच्ने प्रयास गर्नेछन् । चोटपटकको भय हुनेछ । झुठो फत्तुर पनि आइलाग्न सक्छ । बोलीको प्रतिकूल एवं विपरीत अर्थ लाग्ने हुँदा सचेतता एवं संयमता अपनाउनु अत्यावश्यक छ ।
बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
मिश्रित प्रभाव भएको साता हुनेछ । सामान्यतया रसरङ्गमा समय बित्नेछ । मेवामिष्ठान्न खान पाइने र मनोरञ्जनमा रमाउन पाउनु हुनेछ । आत्मविश्वास र शीघ्र निर्णय गर्ने क्षमता अभिवृद्धि हुनेछ । मान्यजन र अभिभावक वर्गको सहयोगमा रोकिएका काम सम्पादन गर्न सघाउ पुग्नेछ । घरमा परपाहुना र अतिथिको आगमन हुनसक्छ । नयाँ ठाउँमा धन लगानी गर्ने वातावरण बन्नेछ । कुनै लाभदायक समाचार सुन्न पाइएला । तर बुधवारदेखि शुक्रवारसम्म अनुकूल समय रहने छैन । चोटपटकको भय छ, अथवा हड्डीसम्बद्ध कुनै समस्या बल्झिने खतरा हुन्छ । यस अवधिमा आफन्त वा मित्रले काममा धोका दिने सम्भावना पनि देखिन्छ । बन्दव्यापार र साझेदारीबाट फाइदा हुनेछैन । आर्थिक समस्याले सङ्कट उत्पन्न हुनसक्छ । अध्ययन, अध्यापन र लेखनको कार्यमा खासै तत्परता देखिँदैन । व्यापारीहरूले हानी व्यहोर्नु पर्छ र कर्मचारीले अपजस व्यहोर्नु पर्छ । छात्रछात्रा रमाइलोमा भुलिने छन् । अकारण वादविवादमा फँस्ने र प्रतिफल प्राप्त नहुने क्षेत्रमा लगानी हुनेछ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
विगतमा गरेको परिश्रमको प्रतिफल प्राप्त हुनेछ, रोकिएका काम बन्ने योग छ । पठनपाठनमा प्रगति हुनेछ । सभासमारोहमा सहभागी बन्ने मौका छ । आम्दानीका मार्गहरू खुल्ला रहनेछन् । चिन्तन महत्त्वपूर्ण बन्न सक्छ । जीवनसाथी वा विपरीतलिंगी मित्रसँग मन फुकाएर आफ्ना कुरा राख्नका लागि राम्रो छ । घरमा माङ्गलिक कृत्य सम्पादन गर्ने समयसमेत छ । तर सोमवारदेखि बुधवारसम्म अध्ययन, अध्यापन र लेखनमा खास अभिरुचि हुनेछैन । उता शुक्रवारपछि साताको अन्त्यसम्म शरीरमा आलस्य र थकानको अनुभव हुनेछ । अप्रिय समाचार सुन्नु पर्दा मन खिन्न हुने स्थिति आउने छ । धन, धर्म र भाग्यमा हानी पुग्ने सम्भावना छ । गर्नु नपर्ने काम बढी समय लगाएर गर्नुपर्ला । प्रतिकूल समयले घेरेको समय रहने छ । साताका अन्त्य प्रतिकूल रहने भएकाले जे गरे पनि साताको पूर्वार्द्धमा गरेको जाति हुन्छ, जुनसुकै काममा आफ्नो विवेकको प्रयोग गर्नु उपयोगी हुनेछ ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
साताको प्रारम्भ अनुकूल छैन, आफ्नै जिद्दीपनाले गर्दा काम बिग्रने र छरछिमेकमा असमझदारी बढ्ने सम्भावना छ । तर सोमबारपछिको समय अनुकूल रहने छ, लामो समयपछि रसरङ्गको चाहना पूर्ण हुने योग आएको छ । दाम्पत्य सम्बन्धमा सुमधुरताको प्राप्ति हुनेछ । बालबच्चाबाट पनि सुखसन्तोष प्राप्त हुनेछ । मेवामिष्ठान्न आदि खान पाइने र मनोरञ्जनमा भुलिन पाउनु हुनेछ । बौद्धिक तथा प्राज्ञिक गतिविधिमा संलग्न हुने समय छ । आफन्तबाट सहयोग र हौसला प्राप्त हुने छ । प्राप्त गरेको ज्ञान अरुलाई बाँड्ने बेला पनि हो । व्यवसायिक क्षेत्रबाट राम्रो लाभ प्राप्त हुनेछ । छोराछोरीबाट सन्तोष हुनेछ । साताको अन्त्य पनि सकारात्मक रहने छैन, बिहीवारपछि अध्ययन, अध्यापन र लेखनको कार्यमा खासै तत्परता देखिँदैन । आफन्तले समेत कुरा सुन्न र समय दिन सक्दैनन् । मनमा अशान्ति र छटपटी व्याप्त हुने छ । स्वास्थ्यमा गडबडी भई दैनिक कामकाजमा असर पर्ने सम्भावना छ ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
साताको प्रारम्भमा विद्वान् र प्राज्ञिक व्यक्तिहरूबाट सम्मान र प्रतिष्ठा प्राप्त हुनेछ । विदेश वा दूरदराजमा बसेका व्यक्तिहरूसँग सुमधुर सम्बन्ध कायम हुनेछ । धार्मिक, सामाजिक र सांस्कृतिक क्रियाकलापमा संलग्न हुन मन लाग्नेछ । व्यवसायिक क्षेत्रबाट राम्रो लाभ प्राप्त हुनेछ । छोराछोरीबाट सन्तोष प्राप्त हुनेछ । दाजुभाइको प्रगतिको समाचार सुन्न पाइएला । पारिवारिक जीवन सामान्य र सन्तोषप्रद रहने छ । साथीहरूसित मनोरञ्जन गर्ने अवसर जुर्नेछ । तर सोमवारदेखि बुधवारसम्म घरायसी वातावरणमा केही धमिलोपन आउने छ । सामान्य कुराले पनि मन पिरोल्नेछ । मानसिक अशान्ति र बेचैनी हुने योग छ । पढाइलेखाइमा जाँगर चल्दैन । विश्वास गरेका व्यक्तिबाट नै विश्वासघात हुने सम्भावना छ । त्यस्तै साताको अन्त्यमा प्रतिद्वन्द्वीहरूसित सतर्क रहने समय हो । परिवारमा पनि वैचारिक मतभेद देखापर्ने सम्भावना छ । जीवनसँगीसित ठाकठुक पर्न सक्छ । मानसिक तनावको सिर्जना हुनेछ । आकस्मिक रूपमा स्वास्थ्यमा समस्या आउनसक्छ ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
धनधान्य बृद्धि हुने साता छ, सुरुमा सामाजिक र व्यक्तिगत प्रतिष्ठा स्थापना गर्ने मौका छ । पढाइलेखाइको क्षेत्रमा प्रगति हुनेछ । विशिष्ट व्यक्तित्वसँग भेटघाट हुनेछ । पारिवारिक जमघटमा मन रमाउनेछ । वस्त्र, अलङ्कार आदि खरिद गर्ने योग छ । भाइबहिनीका तर्फबाट खुसीको खबर प्राप्त हुने सम्भावना छ । धार्मिक र सामाजिक काममा समय बित्नेछ । दिनदुःखीलाई दिएको सहयोगले रोकिएको काम बन्न सक्छ । पशुपालक र दुग्धव्यवसायमा संलग्नहरूले मनग्ये लाभ प्राप्त गर्नेछन् । बुधबारदेखि शुक्रवारसम्म परिवारजनमा असमझदारी बढ्नेछ, मान्यजन वा अभिभावकवर्ग रुष्ट हुनसक्छन् । जग्गाजमिन वा घरायसी सम्पत्तिको चिन्ताले सताउन सक्छ । महत्वाकाङ्क्षी योजनामा हात हाल्नु राम्रो हुँदैन । कृषि–चौपायाबाट हानि पुग्नसक्छ । तर आगामी शनिवारका दिन कुनै विशेष खुशीको समाचार सुन्न पाइएला । राम्रो कामको लागि काम गर्ने वातावरण अनुकूल बन्नेछ । बौद्धिक क्षमताको प्रस्फुटन हुनाले सृजनात्मक सफलता मिल्नेछ । भोगविलासमा मन जानेछ । समय रमाइलो गरी बित्नेछ ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
राशिमा रहेको चन्द्रमाका साथमा साताको सुरुवात हुँदैछ, त्यसैले व्यापारिक वा दैनिक कामहरू सन्तोषजनक ढंगले सम्पन्न हुनेछन् । खानपिनका परिकार प्राप्त हुने र भ्रमण, पर्यटन, रमझम तथा सामाजिक काममा सहभागी हुनु पर्नेछ । धार्मिक र सामाजिक काममा मन जान सक्छ । धार्मिक सामाजिक कामको दायित्व थपिन पनि सक्छ । भाँडाकुँडा, घरायसी बन्दोबस्तका सामान र सुनचाँदी जस्ता धातुको कारोवारबाट धेरथोर लाभ मिल्नेछ । बोलीमा पूर्ण प्रभाव रहने छ, तर विवाद र झगडामा पछि हट्नु नै बेस हुनेछ । सामाजिक कार्यमा नेतृत्वदायी भूमिका वहन गर्नु पर्नेछ, जसबाट यश प्राप्त हुनेछ । बोलीको प्रभाव रहनाले काम बन्ने छ समयलाई पर्खिनु होला । यो समय विशेष महत्वको समय हुनेछ । तर आगामी शनिवारका दिन परिवारभित्रका झिनामसिना काममा धेरै समय खर्चनु पर्नेछ । मनमा देखिने अस्थिरता र अधैर्यताका कारण निर्णायक क्षमतामा कमी आउने छ । कामधन्दामा अर्काको भर नपर्नु नै राम्रो हुनेछ ।
बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
साताको प्रारम्भमा खर्चबर्चमा नियन्त्रण गर्नुपर्ने समय चल्दैछ, यस अवधिमा लामो दूरीको यात्रा हानीकारक बन्नसक्छ । शरीरमा पीडा हुनेछ । घाउचोट तथा अन्य वस्तुले समेत दुःख दिनसक्छ । अप्रिय समाचार सुन्नु पर्दा मन खिन्न हुने स्थिति पनि आउनसक्छ । परिवारबाट असहयोग हुनेछ । सोमबारपछि राशिमा चन्द्रमाको प्रवेश हुनाले बन्दव्यापार र व्यवसायबाट राम्रो आर्थिक उपार्जन हुनेछ । नयाँ काम गर्ने सोच बनाउनु भएको छ भने त्यसपछि अनुकूल छ । नयाँ काममा हात हाल्ने समय भएकाले आफ्ना विचारलाई कार्यान्वयन गर्दा राम्रो हुन्छ । धन लगानी गर्ने अवसर पाउनुहुनेछ । सामाजिक कामबाट प्रशंसा प्राप्त हुनेछ । शुभ कुराको सङ्केत मिल्नेछ । कुनै देवालय, मठमन्दिर वा सार्वजनिक प्रतिष्ठानको दर्शन, भ्रमण वा अवलोकन हुनसक्छ । मित्रवर्ग र बन्धुवान्धवबाट राम्रो सहयोगको अपेक्षा गर्न सकिन्छ । यस अवधिमा मनमा बसाइ सर्ने, सरुवा हुने वा व्यवसाय वा पेसामा परिवर्तनको धारणा पनि उत्पन्न हुनसक्छ ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
मिश्रित प्रभाव रहेको साता छ । सुरुमा सामाजिक कामबाट प्रशंसा प्राप्त हुनेछ । धार्मिक, सामाजिक र सांस्कृतिक सभासमारोहमा सरिक हुने सम्भावना छ । लाभदायक यात्राको सम्भावनालाई नकार्न सकिंदैन । राज्यपक्षबाट हुनुपर्ने काममा सफलता प्राप्त हुनेछ । सोमबारदेखि बुधवारसम्म अनुकूल समय हुँदैन, विश्वास गरेका व्यक्तिबाट नै विश्वासघात हुने सम्भावना छ । अशान्ति र अराजकताका समाचार सुन्नु पर्ने हुनसक्छ । पारिवारिक समस्याले पनि मन खिन्न हुनेछ, दीर्घकालीन लगानीले पिरोल्न सक्छ, प्रतिकूल समय छ । साताको उत्तरार्द्धमा आत्मनिर्णयको क्षमतामा बृद्धि हुनेछ । सन्तति र भाइबहिनीका पक्षबाट सन्तोष मिल्नेछ । व्यवसायिक क्षेत्र लाभप्रद छ । भौतिक साधनको जोहो हुनाका साथै मनोरञ्जनात्मक क्रियाकलापमा सक्रिय हुने अवसर जुट्ने छ । प्राविधिक काममा विशेष सफलता प्राप्त हुनाले आत्मसन्तुष्टि प्राप्त हुनेछ । आभूषण, श्रृंगार, साजसज्जा, फेसनडिजाइन र सञ्चार क्षेत्रका व्यवसायीले राम्रो लाभ प्राप्त गर्नेछन् । पारिवारिक वातावरणमा हर्षको वातावरण बन्नेछ ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
कर्मप्रति लगनशील भई व्यवहार गर्न सकेमा यो साता उत्कृष्ट समय रहने छ, जग्गाजमिनको कारोबार गर्दा असल हुनेछ । सामाजिक क्षेत्र र नोकरीबाट मानसम्मान मिल्नेछ । पठनपाठनमा प्रगति हुनेछ । अरुबाट तपार्इंका कामको उच्च मूल्याङ्कन हुने सङ्केत छ । बोलीको कदर हुनेछ । प्रशंसा, बढुवा वा जिम्मेवारी मिल्ने देखिन्छ । बुधबारदेखि शुक्रवारसम्म पारिवारिक वातावरण अनुकूल हुनेछैन । मानसिक एवं बौद्धिक क्षमता कमी आउने छ । नजिकैका व्यक्तिबाट अपमान वा अपजस सहनु पर्ने हुनसक्छ । आर्थिक लगानी गर्नु पनि भरपर्दो देखिन्न । सामान हराउने सम्भावना पनि छ । तर आगामी शनिवारका दिन रोकिएका काम सम्पादन हुने र नयाँ काम पाइने योग छ । मान–सम्मान र प्रतिष्ठा बढ्नेछ । बोलीको भरमा काम सम्पादन हुने योग छ । विचार र दर्शनका बलमा धेरैलाई आकर्षण गर्ने समय छ । नयाँ काममा हात हाल्ने समयसमेत छ ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
यो साता प्रेम र भाइचारा जीवन्त तुल्याउने विशिष्ट समय हो । दुर्गमस्थान र टाढाको यात्राको सम्भावना छ । मातापिता, अभिभावक र मान्यजनको आशीर्वचन प्राप्त हुनेछ । विशिष्ट व्यक्तिको सहयोग र सल्लाह प्राप्त हुनेछ अनि कुनै महत्वपूर्ण कार्य सम्पन्न हुनेछ । हाकिम, मातापिता वा विशिष्ट व्यक्तिको विचारले प्रभावित तुल्याउन सक्छ । पितृधनबाट फाइदा उठाउन सकिनेछ, प्रशस्त आम्दानी हुने सङ्केत पनि छ, आम्दानी गरिएको धन खर्च हुने सम्भावनासमेत छ । आलोचनाबाट बच्नुहोला । आत्मबल बढ्ने छ । मातापिता र अभिभावक वर्गसँगको सम्बन्ध सुमधुर रहने छ । समाजसेवाका कामबाट लाभ हुनेछ । सुखसुविधा र विलासिताका साथमा समय बित्नेछ । सरकार र राज्यपक्षबाट लाभ प्राप्त हुनेछ । आगामी शनिवार खर्चमा नियन्त्रण गर्नु राम्रो हुनेछ भने अनावश्यक यात्राबाट जोगिएको राम्रो हुनेछ । त्यस दिन कल्पना र भावनामा केन्दित भइने छ । बोलीको विपरीत अर्थ लाग्न सक्छ, मुखलाई नियन्त्रणमा राख्नुपर्छ ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
साताको प्रारम्भ अनुकूल छैन, आठौं भावमा चन्द्रमा छ, एकातिर व्यक्तिगत स्वास्थ्यमा गडबडी आउने सङ्केत छ भने अन्य व्यवहारिक समस्याबाट मुक्त भएर बस्न पनि कठिन हुनेछ । प्रतिष्ठा प्राप्तिका लागि संघर्ष गर्नुपर्छ । तर सोमबारपछि उत्साहवर्द्धक समय छ, धार्मिकस्थल, देवालय आदिको भ्रमण हुन सक्छ, साथै मनोरञ्जन प्राप्त हुनेछ । सामाजिक कामबाट प्रशंसा प्राप्त हुनेछ । हाकिम वा विशिष्ट व्यक्तिको विचारले प्रभावित तुल्याउन सक्छ । जग्गाजमिनको कारोबार गर्दा असल हुने सङ्केत छ । सामाजिक क्षेत्र र नोकरीबाट मानसम्मान मिल्नेछ । सन्तान पक्षबाट पनि राम्रै सहयोग प्राप्त हुनेछ । पछाडि कुरा काट्ने शत्रु आफैं पराजित हुनेछन् । सद्भाव र प्रेममा उच्च सफलता प्राप्त हुने योग छ । पुराना इष्टमित्र र प्रेमीप्रेमिकाको मिलन हुने समय हो । यस साताको कुनै समयमा पुराना कुरा र यादमा कुनै समय यापन हुन सक्ने देखिन्छ ।
-सहप्राध्यापक कृष्णप्रसाद कोइरालाले लेख्नुभएको राशिफल ज्योतिष साथीबाट लिएका हौं ।