एसईईको नतिजा सार्वजनिक (हेर्नुहोस् नतिजा विवरण)

एसईईको नतिजा सार्वजनिक (हेर्नुहोस् नतिजा विवरण)

काठमाडाैँ, ९ असार । राष्ट्रिय परिक्षा बोर्डले गत चैतमा लिएको माध्यमिक तहको परिक्षा (एसईई)को परिक्षाफल प्रकाशित गरेको छ। 

कार्यालयले गत चैत पहिलो साता लिएको माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा ग्रेडिङ प्रणालीअनुसार सार्वजनिक गरेको हो।

कार्यालयका अनुसार परीक्षामा सहभागी भएका ४ लाख ६३ हजार ६ सय ८९ मध्ये नियमितमा ४लाख ५१ हजार ५ सय ३२ तर्फ ३.६ देखि ४ ग्रेड प्वाइन्ट एभरेज (जीपीए) १४ हजार २ सय ३४ जनाले प्राप्त गरेका छन्।
यस्तै, ३.२ देखि ३.६ जीपीए ल्याउने विद्यार्थी ४६ हजार १ सय ३० जना छन्। २.८ देखि ३.२ जीपीएसम्म ल्याउने ४९ हजार ३७ जना, २.४ देखि २.८ जीपीएसम्म ल्याउने विद्यार्थी ७० हजार ५ सय १२ जना, २ देखि २.४ जीपीएसम्म ल्याउने ६१ हजार ८ सय ७० र १.६ देखि २.०० जीपीएसम्म ल्याउने एक लाख १० हजार ४३ विद्यार्थी छन्। १.२५ देखि १.६० सम्म ल्याउने ३५ हजार ५ सय ८५ जना विद्यार्थी रहेका छन्। ०.८५ देखि १.२० ल्याउने ५८ हजार ६ सय ८८ रहेका छन्।

विद्यार्थी र अविभावकहरुले परिक्षा नियन्त्रण कार्यालयको वेभसाइट http://www.neb.gov.np/results तथा नेपाल टेलिकमको १६०० मा डायल गरी सुन्न सक्ने व्यवस्था गरिएको छ।

नतिजा एसएमएस, अनलाइन र मोबाइलबाट पनि थाहा पाउन सकिन्छ । नतिजा प्रकाशित भइसकेपछि मोबाइलमा एसईई टाइप गरी एक स्पेस दिएर आफ्नो सिम्बल नम्बर लेखेर ३५५६६ मा एसएमएस गर्नु पर्ने छ ।

एसर्इर्इको नतिजा शिक्षा मन्त्रालयको वेबसाइट moe.gov.np, शिक्षा विभाग सानोठिमी भक्तपुरको doe.gov.np, परीक्षा नियन्‍त्रक कार्यालय सानोठिमी भक्तपुरको neb.gov.np  मा हेर्न सकिन्छ। नेपाल टेलिकमको वेबसाइट see.ntc.net.np र एनसेलको वेबसाइट ncell.axita.com मा पनि नतिजा हेर्न सकिन्छ।

एसईईकाे नतिजा ईकान्तिपुर डटकम, ले आफ्नो साइटमा प्रकाशित गर्ने छ। नतिजा हेर्नका लागि results.ekantipur.comमा लग इन गर्नुका साथै रिजल्टस् र सिम्बल नम्बर लेखेर ३५००१ मा एसएमएस गरेर प्राप्त गर्न सकिने छ। त्यसैगरी रातोपाटीले यसवर्ष पनि एसईईको नतिजा www.see.ratopati.com मार्फत हेर्ने व्यवस्था मिलाएको छ ।

गतवर्षको एसईईपरीक्षामा ७७ जिल्लाका एक हजार ९ सय ५६ केन्द्रमा ४ लाख ८५ हजार ५ सय ८६ परीक्षार्थी सहभागी भएका थिए।  गत वर्ष चैत ८ गतेदेखि २० गतेसम्म एसईई सञ्चालन भएको थियो ।

नियमिततर्फ ४ लाख ६१ हजार ५ सय १५ र एक्जाम्टेडतर्फ २४ हजार ७१ परीक्षार्थी सहभागी भएको परिक्षा बोर्डले जनाएको छ। तल दिइएका साइटबाट पनि नतिजा हेर्न सकिने बताइएकाे छ।

नतिजा हेर्नुहोस् यसरी

वेभसाइट http://www.neb.gov.np/results