कांग्रेसको जित निश्चित छ : नेता कडेँल

कांग्रेसको जित निश्चित छ : नेता कडेँल

नवलपरासी ।  नेपाली कांग्रेसका नेता एवंम् पूर्व गृह राज्यमन्त्री देबेन्द्रराज कण्डेँलले यस  पटक नेपाली कांग्रेसको जितलाई कसैले रोक्न नसक्ने दाबी गरेका छन् ।   बर्दघाट सुस्ता पश्चिम नवलपरासी निर्वाचन क्षेत्र न. २ को प्रतिनिधि सभा सदस्यका उम्मेदवार रहेका कण्डेलले  बुधबार   रामग्राम नगरपालिका वडा नं. ८ को चुनावी प्रचार प्रसार कार्यालयको उद्घाटन गर्दै यस्तो बताएका हुन् ।

 कडेलले सो अवसरमा बोल्दै यस पटक लोकतन्त्रको रक्षाका लागी लोकतन्त्रवादी शक्ती एक भएकाले लोकतन्त्रको संस्थागत गर्न कांग्रेसको जित निश्चित रहेको दाबी गरे ।

 सो अवसरमा , नेपाली कांग्रेसका नेता एवंम् जिल्ला समन्वय समितीका प्रमुख शिबशंकर राय, नेपाली कांग्रेसका सहसभापति सुवासचन्द्र गिरी  लगायतले बोलेका थिए ।  सो अवसरमा ६ सय जना विभिन्न पार्टी परित्याग गरि नेपाली कांग्रेसमा प्रवेश गरेका थिए ।