काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले यूएई भ्रमणअगाडि मन्त्रिपरिषद्को बैठक आह्वान गरेका छन् ।
अहिले सिंहदरबारमा जारी बैठकमा प्रधानमन्त्रीको यूएई भ्रमण लगायतका विषयमा छलफल हुनेछ ।जलवायु परिवर्तन सम्बन्धी सम्मेलन (कोप २८) मा सहभागी हुन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको नेपाली प्रतिनिधि मण्डल दूबई जाँदै छ ।
प्रतिनिधिमण्डलमा वन तथा वातावरण मन्त्री वीरेन्द्र महतोका साथै उच्च सरकारी अधिकारीहरु छन् ।