ट्रेड युनियनले सबै स्थानीय तहमा ‘बालश्रम नियन्त्रण’ कार्यक्रम संचालन गर्ने

ट्रेड युनियनले सबै स्थानीय तहमा ‘बालश्रम नियन्त्रण’ कार्यक्रम संचालन गर्ने

बिदुर । नेपाल ट्रेड युनियन काँग्रेस नुवाकोटले जिल्लाका १२ वटै स्थानीय तहमा बालश्रम नियन्त्रण संबन्धि कार्यक्रम संचालन गर्ने भएको छ ।

युनियनको शनिवार बसेको बैठकले जिल्लालाई बालश्रम रहित जिल्लाको रुपमा रुपान्तरण गर्न सबै स्थानीय तहमा अभिमुखीकरण र प्रचारप्रसार कार्यक्रम संचालन गर्ने निर्णय हो । युनियनले बिगत तीनबर्ष अघिदेखि जिल्लामा बालश्रम नियन्त्रण संबन्धि कार्यक्रम संचालन गर्दे आएको छ ।
यसैगरी बैठकले जिल्लाका सबै स्थानीय तहमा युनियनको संरचना बिस्तार गर्न प्रतिनिधि समेत तोकेको छ । बैठकले शिवपुरी गाउँपालिकामा रामबहादुर थापा, ककनीमा शिव देबकोटा, लिखुमा कल्याणभक्त पाण्डे, बेलकोटगढीमा जनार्दन सिलवाल, तारकेश्वरमा मञ्जु प्रधान, म्यागङ्मा सुनील श्रेष्ठ, किस्पाङमा पूर्णबहादुर थापा, बिदुरमा मछिन्द्र खड्का, सूर्यगढीमा केदार रिमाल, तादीमा सिताराम भण्डारी, पंचकन्यामा रबिन थापा र दुप्चेश्वरमा किरण अधिकारीलाई प्रतिनिधिका रुपमा खटाएको छ ।
युनियनका जिल्ला अध्यक्ष शिव देबकोटाको अध्यक्षतामा बसेको बैठकले आगामी साउन ६ गते बीपी स्मृती दिवसको अवसरमा युनियनको केन्द्रीय महाधिबेशन र प्रदेश नम्वर ३ को अधिबेशनबाट निर्वाचित सम्पूर्ण पदाधिकारी एवं सदस्यहरुको सम्मानमा बिशेष कार्यक्रम आयोजना गर्ने निर्णय समेत गरेको सचिव मछिन्द्र खड्काले जानकारी दिए ।