एनएसएलमा काठमाडौँ रेजर्स एफसीको विजयी सुरुवात

एनएसएलमा काठमाडौँ  रेजर्स एफसीको विजयी सुरुवात

काठमाडौँ । काठमाडौँ रेजर्स एफसीले नेपाल सुपर लिग एनएसलको दोस्रो सिजनमा विजयी सुरुवात गरेको छ ।शुक्रबार दशरथ रंगशालमा भएको उद्घाटन खेलमा नयाँ टिम स्पोर्टिङ इलाम एपसीलाई १–० ले हराउँदै काठमाडौँले विजयी सुरुवात गरेको हो ।

साविक विजेता काठमाडौं रेजर्सका राजीव लोप्चनले दोस्रो हाफमा गोल गर्दै जित दिलाएका हुन् ।

लिगमा शनिबार दुई खेल हुनेछन् । पहिलो खेल पोखरा थण्डर्स र एफसी चितवन तथा दोस्रो खेल ललितपुर सिटी र एफसी बुटवल लुम्बिनी बीच हुनेछ ।