दुर्गा प्रसाईंलाई नजरबन्द गरिएको भन्दै अधिवक्ता भण्डारी पुगे सर्वोच्च अदालतमा

दुर्गा प्रसाईंलाई नजरबन्द गरिएको भन्दै अधिवक्ता भण्डारी पुगे सर्वोच्च अदालतमा

काठमाडौं।अधिवक्ता डा. सुरेन्द्र भण्डारी बन्दी प्रत्यक्षीकरणको रिट लिएर सर्वोच्च अदालत पुगेका छन् ।मेडिकल व्यवसायी दुर्गा प्रसाईँलाई नजरबन्द गरी मौलिक मानव अधिकार कुण्ठित गरेको जिकिरसहित अधिवक्ता भण्डारी रिट लिएर सर्वोच्च अदालत पुगेका हुन् ।

संविधानको धारा-१७ ले प्रदत्त गरेको विचार र अभिव्यक्तिको स्वतन्त्रता सम्बन्धी अधिकारमा समेत आघात पुर्‍याइएको भण्डारीको रिटमा दाबी गरिएको छ ।राजनैतिक विचार राख्न नपाइने गरी कसैलाई पनि नियन्त्रणमा लिन, निगरानीमा राख्ने थुनामा राख्न नपाइने रिटमा लेखिएको छ ।

आफैँले सुरू गरेको अभियानमा प्रसाईँ सहभागी हुन नपाउने गरी प्रसाईँलाई नजरबन्द गरी मौलिक मानव अधिकार कुण्ठित गरेको भण्डारीको दाबी छ ।

सरकारका कामकारबाही चित्त नबुझे शान्तिपूर्णरूपमा विरोध गर्न पाउने नागरिकको मौलिक हकलाई सम्मान गर्नुको सट्टा निवेदकलाई गैरकानूनी रूपमा निगरानीमा राख्ने, थुनामा राख्ने र विभिन्न झुट्ठा मुद्दा लगाई फसाउने सम्मको सम्भावना भएकोले आतंकित र त्रसित सिर्जना भएको भण्डारीको रिटमा उल्लेख छ ।