(बालकविता) - रमेशचन्द्र घिमिरे- लुली लुली हात खाइदेऊ दूध र भात ! नफकाई नखाने कस्तो होला जात ? चुप्प ला´र सुरुप सुरुप खाइदेऊ दूध र भात ! लुली लुली हात लुली लुली हात !! गन्यागुनु गरेर कति मार्छौ बात ? अानाकानी नगरी खाइदेऊ दूध र भात ! लुली लुली हात लुली लुली हात !! - भोर्लेटार, लमजुङ ।