आज ल्हासामा प्रधानमन्त्री ओलीको भ्रमण तालिका यस्तो छ

आज ल्हासामा प्रधानमन्त्री ओलीको भ्रमण तालिका यस्तो छ

तिब्बत, ९ असार । प्रधानमन्त्री केपी ओली चीनको ६ दिने भ्रमणकाक्रममा तिब्बतमा हुनुहुन्छ । आज प्रधानमन्त्री ओलीले तिब्बतका दुई धार्मिक स्थलको अवलोकन गर्ने कार्यक्रम रहेको छ । प्रसिद्ध मन्दिर पोतला दरबार र त्यसपछि ओली तिब्बतियनको पवित्र मन्दिर जोखाङ जाने कार्यक्रम तय भएको छ ।

जोखाङ मन्दिर सातौँ शताब्दीमा नेपालबाट बुद्धको मूर्ति लगेर भृकुटीले स्थापना गरेको किंबदन्तीमा उल्लेख छ । तिब्बतियन भाषामा जोखाङ शब्दको अर्थ बुद्धको घर हुन्छ ।

प्रधानमन्त्री ओली ल्हासाबाट आधा घन्टाको दूरीमा रहेको छुसुई एग्रिकल्चर परियोजना (चीनकै एक नमुना कृषि परियोजना)को अवलोकन गर्न जाने कार्यक्रम छ । तिब्बतको अति उच्च भेगमा विभिन्न तरकारी तथा फलफूल कसरी उत्पादन गर्न सकिन्छ भन्नेबारे परीक्षण भइरहेको छ ।

छुसुई एग्रिकल्चर परियोजना अवलोकनपछि साँझ प्रधानमन्त्री ओली नेपाल वाणिज्य दूतावासले आयोजना गर्ने रात्रिभोजमा सहभागी हुने कार्यक्रम छ । भोलि ९आइतबार० प्रधानमन्त्री ओली स्वदेश फर्किने कार्यक्रम छ ।