विश्वकप फुटबलमा आज ३ खेल हुने (को-को भिड्दै छन् )

विश्वकप फुटबलमा आज ३ खेल हुने (को-को भिड्दै छन् )

काठमाडौं, ९ असार । रसियामा जारी २१ औं संस्करणको विश्वकप फुटबल अन्र्तगत आजपनि ३ वटा खेल हुने भएका छन् । नेपाली समय अनुसार अपरान्ह पौने ६ बजे समुह जी का बेल्जीयम र ट्युनेशिया प्रतिस्पर्धा गर्दैछन् ।

जारी प्रतियोगितामा बेल्जियम ३ अंक सहित शीर्ष स्थानमा रहँदा ट्युनेशिया अंक तालिकाको पुछारमा रहेको छ । आजको खेलमा बेल्जीयम विजयी भए अन्तिम १६ मा पुुग्न सहज हुने छ भने ट्युुनेशिया विजयी भए उसको पनि सम्भावना जिवितै रहने छ ।

यसैगरी राति पौने ९ बजे दक्षिण कोरिया र मेक्सिको भिड्दै छन् । समुह एफमा रहेका कोरिया र मेक्सिको बीचको भिड्न्त पनि रोचक हुने अनुमान गरिएको छ । पहिलो खेलमा डिफेन्डिङ च्याम्पियन जर्मनीलाई पराजित गरेको मेक्सिको लगातार दुुई खेल जित्दै प्रि क्वार्टर फाइनल पुुग्ने दाउँमा हुँदा कोरिया भने पहिलो जितको खोजिमा रहेको छ ।

त्यसैगरी अाजकाे अन्तिम खेल राति पौने १२ बजे जर्मनी र स्वीडेनबिच हुनेछ । सोचीमा हुने यो खेल जर्मनीका लागि निकै महत्वपूर्ण छ । अघिल्लो चरणको यात्राका लागि जर्मनीलाई यो खेलमा जितको आवश्यकता छ ।