वीरगन्ज । प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन नजिकिँदै गर्दा हिमाल पहाड, तराईमा काँग्रेसको प्रभाव बढ्दै गएको देखेपछि काँग्रेसमा प्रवेश गर्नेको ओइरोनै लागेको छ । नेपाली काँग्रेसले नै विकास र समृद्धि दिन सकिनेमा जनताको एकीन बढेसँगै पार्टी प्रवेश गर्नेको ओइरो लागेको हो ।
बाम गठबन्धन वा मधेसी दल बीचको गढबन्धनले नेपाली तथा मधेसीको समस्यालाई सम्बोधन गर्नै नसक्ने विश्वास भएपछि काँग्रेसको हातलाई बलियो बनाउन राष्ट्रिय जनता पार्टी नेपाल(राजपा), संघीय समाजवादी फोरम नेपाल, नेकपा एमाले, माओवादी केन्द्र लागयतका दलमा अबद्ध भएका नेता कार्यकर्ताहरुले पार्टी परित्याग गरी काँग्रेसमा प्रवेश गर्न थालेका हुन ।
यसै क्रममा बुधबार वीरगन्ज महानगरपालिकाको वडा नम्बर ३२ चोरनीमा सम्पन्न कार्यक्रममा विभिन्न पार्टी परित्याग गरी पाँच सय भन्दा बढी महिला पुरुषले नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । हफिजुर रहमानको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेपाली काँग्रेस पर्साका सभापति अजय कुमार द्विवेदी र पर्सा क्षेत्र नम्बर १ को प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार अनिल रुङ्गटाले अविरको टिका र फूलमालालगाई नव प्रवेशीहरुलाइ स्वागत गरे ।
पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै जिल्ला सभापति द्विवेदीले नेपाली जनतालाई शान्ति र संविधान नेपाली काँग्रेसले नै दिएको कारण अब विकास र समृद्धि पनि काँग्रेसले नै दिन सक्ने दाबी गरे । उनले अन्य पार्टीलाई नेपाली जनताले मत दिँदा सरकार, सत्ता, भत्ता र भ्रमणमै समय खेरफाल्ने गरेकाले यसपालीको निर्वाचनमा नेपाली काँग्रेसलाइ नै मतदान गर्न अपिल गरे ।
“पहिलो संविधान सभाको निर्वाचनमा बामपन्थी र मधेसवादीलाई पढि सिटमा जनताले निर्वाचित गरेपनि शान्ति र संविधान निर्माण प्रकृयालाई टुङ्गो लगाउन नसेको आम जनतालाई सर्वविदितै रहेको बताउँदै, नेता द्धिवेदीले दोस्रो संविधान सभाको निर्वाचनमा नेपाली जनताले काँग्रेसलाई मतदान गरी पहिलो पार्टी बनाएपछि शान्ति प्रकृयालाई टुङगोमा पुर्याउँदै सात दशकको संर्घषलाई पूर्णता दिँदै संविधान निर्माण सम्पन्न गरेकाले मुलुकको विकास र समृद्धिकालागि काँग्रेसका उम्मेदवरलाइृ विजयी बनाउन आवश्यक रहेको ” बताए ।
कम्युनिष्ट पार्टीहरु मुस्लिम विरोधी पार्टी रहेको र यसैका कारण विश्वभरीकै मुस्लिम देशमा कम्युनिष्ट नभएको बताउँदै सबैलाई जोडने पार्टीलाई मतदान गर्न नेता द्विवेदीले अपिल गरे । उनले मुलुकमा कम्युनिष्ट तानासाही शासन व्यवस्था ल्याउन बाम दलहरुले गठबन्धन गरेकोले त्यसबाट सचेत भई राष्ट्रियतालाई बलियो पार्दै सबैलाई जोड्ने र देशको विकास गर्न सक्ने नेपाली काँग्रेसलाई मतदान गर्न आग्रह गरे ।
कार्यक्रममा पर्सा निर्वाचन क्षेत्र नम्बर १ बाट नेपाली काँग्रेसको तर्फबाट प्रतिनिधी सभा सदस्य पदका उम्मेदवार वरिष्ठ उद्योगपति अनिल रुङ्गटाले आफु निर्वाचित भए पाँच वर्ष भित्र पर्साको १ नम्बर निर्वाचन क्षेत्रमा स्वास्थ्य शिक्षा र समृद्धीको अनुभूति दिलाउने प्रतिबद्धता व्यक्त गरे ।
उनले वीरगन्ज पथलैया औद्योगिक करिडोरमा अहिले मजदुरको रुपमा नेपाली र इन्जिनियर ओभरसियर पदमा भारतीय हुने गरेको तर आफु निर्वाचित भएपछि पाँच वर्ष भित्र करिडोरमा रहेका उद्योग भित्र मधेसीका छोरा छोरी इन्जिनियर ओभरसियरमा काम गर्छन र भारतबाट मात्र मजदुर ल्याउने वातावरण निर्वाण गरेर देखाउने प्रतिवद्धता व्यक्त गरे ।
करिडोरमा आसपासकै क्षेत्रमा इन्जिनियरिङ क्याम्पसको स्थापना गरी मजदुरको छोरोलाई इन्जिनियर बनाई कोरिडोरमै काम गर्ने गराउने आफनो सपना रहेको बताउँदै रुङ्गटाले उचित शिक्षा र अवसर पाए पर्साका युवा जेनि गर्ने क्षमता राखेकाले त्यो अवसर आफु निर्वाचित भएपछि मुहैया गराउने ठोकुवा गरे ।
बामपन्थी कम्युनिष्ट तानाशाही व्यवस्था लाद्ने दाउँमा रहेको र मधेसवादी दललाई पाँच दश सिट पाए पनि केही गर्न नसक्ने भएकाले काँग्रेसलाई बहुमत दिईए मात्र लोकतन्त्रको रक्षा र मुलुकको विकास हुन सक्ने नेता रुङ्गटाले प्रस्ट पाए ।
कार्यक्रमा पर्सा क्षेत्र नम्बर १को (क)बाट प्रदेश सभा सदस्यका उम्मेदवार रहेका रामनारायण कुर्मीले हिजोका मन्डलेहरु मधेसीको ठेक्दार भएकाले उनीहरुलाई मत दिए शहिदहरुको अपमान् हुने बताए । पहिला जग्गा कब्जा हुने गरेको सुनिन्थ्यो तर अहिले पार्टी नै कब्जा भएको पर्सावासीले देखि सकेका छन भन्दै नेता कुर्मीले त्यसता कब्जा गर्नेहरुबाट सचेत भई जनताको अधिकारकालागि सात दशकभन्दा बढी समय देखी अनवरत लड्दै आएको नेपाली काँग्रेस पार्टीका उम्मेदवारलाई विजयी बनाउन आग्रह गरे ।
कार्यक्रममा दलित संघका कार्यवाहक अध्यक्ष शम्भु हजरा, पुर्व मन्त्री दुर्गा देवी, जिल्ला कोषाध्यक्ष इमत्याज आलम, पर्सा १का क्षेत्रीय सभापति अरविन्द गुप्ता, लक्ष्मीनाथ नेपाल, राजकृष्ण अमात्य, चन्द्रिका केशरवानी, चमनदास थारुलगायतकाको उपस्थिती रहेको थियो ।