मुसाले २ गोल गरे, आइसल्याण्ड विरुद्ध नाइजेरिया विजयी

मुसाले २ गोल गरे, आइसल्याण्ड विरुद्ध नाइजेरिया विजयी

काठमाडौं, ८ असार । रुसमा जारी विश्वकप फुटबल २१ अाैँ संस्करणकाे समूह डि को दोस्रो चरणको खेलमा आइसल्याण्ड विरुद्ध नाइजेरिया विजयी बनेको छ ।

आइसल्याण्ड विरुद्ध नाइजेरियाले २-० गोल अन्तरले विजयी बनेको हो । नाइजेरियाका लागि दुबै गोल मुसाले गरेका हुन् । उनले खेलको ४९ र ७५ मिनेटमा गोल गरेका हुन् । पहिलो हाफसम्म यी दुबै टिमले गोलरहित बराबरी खेलेका थिए ।