कांग्रेस महासमिति बैठक पुस १६ देखि १९ सम्म

कांग्रेस महासमिति बैठक पुस १६ देखि १९ सम्म

काठमाडौं । नेपाली कांग्रेसको महासमिति बैठककाे नयाँ मिति ताेकिएकाे छ ।

मंगलबार पार्टी केन्द्रीय कार्यालय सानेपामा पत्रकार सम्मेलन गरी कांग्रेस नेता मीनबहादुर विश्वकर्माले यसबारेमा जानकारी दिएका हुन् । बैठक पुसको १६ गतेबाट १९ गतेसम्म सञ्चालन हुने उनले बताए ।

उनले यसअघि मंसिरको १३—१५ सम्म बैठक बस्ने भनेपनि सफल नभएको र आइतवार बसेको केन्द्रीय कार्यसमितिको बैठकले मंसिरको २९ देखि पुसको २ गतेसम्म गर्ने भनेपनि चाडपर्वको कारण पुनः सार्नुपरेको बताए ।

पहिला हामीले महासमितिको बैठक मंसिरको १३—१५ भन्यौं । विभिन्न कारणले केही दिन धकेलियो । कार्य सम्पादन समितिको बैठकबाट मंसिर २९ बाट पुसको २ गतेसम्म गर्ने भन्यौँ । तर तिथि मिति हेर्दा फेरि पनि बदल्नुपरेको हो । अब पुस १६ गते राष्ट्रिय मेलमिलाप दिवसको दिनबाट १७, १८ र १९ गते ललितपुरको गोदावरीस्थित हलमा तोकेका छौं’, उनले भने ।

नेता विश्वकर्माले महासमितिको बैठक ललितपुरको गोदावरीस्थित सनराइज हलमा हुने बताए ।