माओवादी केन्द्रका निर्वाचित २ वडा सदस्य सहित ४५ घरपरिवार काँग्रेसमा प्रवेश

माओवादी केन्द्रका निर्वाचित २ वडा सदस्य सहित ४५ घरपरिवार काँग्रेसमा प्रवेश

बाजुरा। स्थानिय तहको निर्वाचनमा निर्वाचित बुढीगंगा नगरपालिका वडा नं. ८ का वडा सदस्य प्रेम ल्वार र वडा नं. ८ कै निर्वाचित वडा सदस्य तथा नगर कार्यापालिकाको सदस्य बुक्ची ल्वार नेपाली काँग्रेसका प्रवेश गरेका छन् ।

त्यस्तै साविकको पाण्डुसैन गाविसका माओवादी केन्द्रका अध्यक्ष पूर्ण सार्की र गुठी गाउँका अग्रज एमालेका नेता रंग बोहोरा लगायत ४५ घरधरी नेपाली काँग्रेसका प्रवेश गरेका छन् ।

प्रवेशीहरुलाई  नेपाली काँग्रेस निर्वाचन क्षेत्र नं. १ (क) का उम्मेदवार जनकराज गिरी र बुढीनन्दा नगरपालिका नगर प्रमुख एवंम युवा नेता पदम कुमार गिरीले स्वागत गरेका हुन्।

सिमित स्वार्थेका लागि केन्द्रमा माओवादी र एमालेको नेतृत्वमा बामगठबन्धन भए पनि स्थानिय स्तरमा बामगठबन्धन नभएको बताए।

स्थानिय स्तरका एमाले र माओवादीका नेताहरु काँग्रेसको पक्षमा उभिएको बताए । आज काँग्रेस निर्वाचन क्षेत्र नं. १ को गुठीगाउँ,खड्काबाडा, डाडाबाडा, गुइदेली, अङ्गगाउपानी, शेरा, लमालबाडा हुदैँ गेडगाउँ टोली पुगेको छ ।

कार्यक्रममा नेपाली काँग्रेस निर्वाचन क्षेत्र नं. १ (क) का उम्मेदवार जनकराज गिरी, जिल्ला समन्वय समितका सभापति नरेन्द्र कुमार रोकाया, बुढीनन्दा नगरपालिका नगर प्रमुख एवंम युवा नेता पदम कुमार गिरी,महिला नेतृ रितादेवी सिंह, नेविसंघ पूर्व केन्द्रिय सदस्य शिव बोहोरा,वडा ७ का वडाअध्यक्ष अशोक दानी, जिल्ला कार्यसमिति सदस्य हिक्मत बुढा,नेविसंघ केन्द्रिय सदस्य कमल बुढा, तरुण दलका नेता गजेन्द्र कार्की, नेविसंघ बाजुरा काठमाण्डौँ सम्पर्क समिति उपाध्यक्ष दिनेश शाही,वडा नं.६ का वडा अध्यक्ष कृष्णराज पाध्याय लगायत ४ सय बढीको सहभागिता रहेका नेविसंघ बाजुरा काठमाण्डौँ सम्पर्क समिति उपाध्यक्ष दिनेश शाहीले जानकारी दिए ।