काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलको युरोप भ्रमण स्थगित भएको छ ।
शुक्रबार राति जाजरकोटको रामीडाँडा केन्द्रबिन्दु भएर गएको भूकम्पपछि मुलुकको वर्तमान परिस्थिति अनुकुल नरहेकाले युरोप भ्रमण स्थगित गरिएको राष्ट्रपतिका परराष्ट्र मामिला सल्लाहकार सुरेश चालिसेले जानकारी दिए ।
राष्ट्रपति पौडेल १० दिन लामो युरोप भ्रमणमा निस्कने तय भएकाे थियाे । उनी २२ कात्तिकमा फ्रान्स हुँदै जर्मनी र इटाली जाने कार्यतालिका थियाे ।