-बलिराम गुप्ता-
“हामी विश्वको दोस्रो मोबाइल फोन उत्पादनकर्ता हौ , विश्वको तेस्रो हुन लागेको र तिव्र गतिमा बिकसित भइरहेको अर्थतन्त्र हो हाम्रो मुलुक । ” यी भनाई कुनै नेपाली नेताहरुको होइन , यो भनाई भारतीय प्रधानमन्त्री नरेन्द्र दामोदर दास मोदी को हो उनी स्कुलको एक कार्यक्रममा यस्ता तथ्याँकहरु भन्दै थिए । हुन त नरेन्द्र मोदी एक अब्बल आर्थिक कुटनितिका खेलाडी मानिन्छन् । नेपालका दुई छिमेकी राष्ट्रहरुले आर्थिक रुपमा फड्को मारिरहदाँ नेपालमा दुई किलो चिनीको लागि घन्टौ लाइन लाग्नु पर्ने अवस्था छ । पचासौ वर्ष पहिला नेपालले भारतमा चामल निर्यात गर्दथ्यो तर आज नेपालमा चामल भारतबाट ल्याँइन्छ । उत्पादनको क्षेत्रमा नेपालले धेरै प्रगति गर्न सकिरहेको छैन । यति भनिरहदाँ नेपालमा विभिन्न सम्भावनाहरु रहेका छन् भनी विज्ञहरु भन्दछन् । नेपाल दुई शक्तिशाली राष्ट्रहरुको बिचमा अवस्थित मात्रै छैन त्यसले गर्दा नेपाल धेरै लाभ लिन सकथ्यो । जनशक्ति तथा प्रविधिको आयात गर्नुपर्नेमा त्यो फाइदा लिएको देखिदैन । जे जस्तो विचार अभिव्यक्त गरे पनि नेपालको अर्थ राजनिति सही दिसामा छ त भन्ने प्रश्न उब्जिन्छ । किनभने राजनीति सही दिसामा गएको भए यत्रो मात्रामा कर्मठ युवाहरु विदेश पलायन हुदैन्थे । यसले के प्रष्ट पार्दछ कि युवाहरु नेपालबाट निराश भएरै विदेश पलायन भएका छन् ।
पुर्वाधारहरुको निर्माण
विभिन्न प्रश्नहरु उत्पन्न हुन्छन् , के नेपालमा यथेष्ठ सम्भावना छैन ? पक्कै पनि नेपाल एक मन लोभ्याउने सुन्दर, शान्त देश हो । यहाँ प्रचुर सम्भावना छ । केही तथ्याँकहरु केलाउँदा विश्वको दोस्रो ठुलो जलस्रोतको धनी देश ,प्रचुर पर्यटन क्षेत्रमा सम्भावना बोकेको देश र यहाँ जडीबुटी लाई प्रोसेसिङ गरेर निर्यात गर्न सकिने मुलुक । तर ती विज्ञहरुको भनाईहरुमा मात्रै सिमित बनेका छन् । नेपालको विकास गति कहालीलाग्दो स्थिति मा छ । नेपालमा दिइएको ठेक्का समयमा पुरा नै हुने गर्दैन , चाहे त्यो गौतम बुद्ध हवाइअड्डा होस वा महेन्द्र राजमार्ग वा हुलाकी राजमार्ग । परासी देखि त्रिवेणी हुलाकी सडक को अवस्था पनि बिजोग छ । विशेष गरेर हुलाकी परियोजना को कार्य धेरै ढिला सुस्ती देखिन्छ । के यसरी पर्यटनको विकास वा देशको विकास छिटै हुन्छ भन्ने कल्पना गर्न सकिन्छ ? कुनै पनि ठेक्का को समय बढाउदाँ लागत पनि बढ्छ । त्यसकारण यस्तो अवस्थाको लागि राज्यले कठोर कानुन बनाउनै पर्दछ । कुनै पनि पुर्वाधारका कामहरु समयमै सम्पन्न नहुनुको पछाडि सही कानुनको पनि अभाव हो । हामी राजनिति लाई मात्रै दोष दिने गर्दछौ तर यहाँ पद्धतिको पनि खडेरी छ । पुर्वाधारको विषयमा नेपाल सरकारले धेरै पाटोमा चुक्ने गरिरहेको छ भनी पुर्वाधार विज्ञहरु दावी गर्दछन् ।
नेपालमा हेर्ने हो भने ठुला ठुला प्रोजेक्टहरु विदेशी कम्पनीहरु लाई दिने गरिएको पाइन्छ । यो विषयमा हेर्ने हो भने दक्षिण कोरियाको उदाहरण लिन सक्छौ उसले ठुला ठुला प्रोजेक्टहरु विदेशी कम्पनिलाई दिनुको सट्टा देशकै कम्पनीहरु लाई दिएर दक्षिण कोरिया विकासमा तीव्र गतिमा फड्को मारेको थियो । नेपालमा अहिले हेर्ने हो भने दुई अन्तर्राष्ट्रिय एयरपोर्ट बनाएर पनि उपलब्धि बिहिन बन्न पुगेको छ यो राज्यलाई ठुलो घाटा हो । नेपालका युवाहरुलाई खाडीमा पठाउनु भन्दा ती युवाहरुको श्रमको प्रयोग गरेर देशको ठुलो ठुलो प्रोजेक्टहरु निर्माण गर्नुपर्दछ नकि विदेशी राष्ट्रहरु लाई दिएर । दक्षिण कोरिया आज त्यसको उदाहरणको रुपमा रहेको छ । देशको आफ्नै जनशक्तिहरुको श्रम र सिपको उत्थान र विकास गर्नुपर्दछ । यसरी देश समृद्ध हुन्छ । चाहे त्यो सिगांपुर होस वा दक्षिण कोरिया अथवा मलेसिया यी राष्ट्रहरुले श्रम , सिप र आर्थिक कुटनितिले समृद्ध बनेका छन् । पाँच , छौ दशक अगाडी नेपाल भन्दा गरिब हुने खाडी राष्ट्रहरु कसरी समृद्ध भए त यसका पछाडी असल राजनितिक व्यक्तिहरु भएर हो । चाहे महाथिर मोहम्मद होउन वा लि क्वान होउन ती असल राजनितिकर्मीहरुको कारणले समृद्ध भएको हो । विज्ञ र व्यवसायीहरु के दावी गर्दछन् भने नेपालको निति ,कानुनहरु व्यवसाय अनुकुल छैन त्यसकारण व्यवसायीहरु पनि लगानी गर्न डराइरहेको अवस्था छ । झन विदेशी लगानीकर्ताहरु लगानी पनि फिर्ता लगिरहेको अवस्था छ यसको उदाहरण स्वरुप रुपन्देहीको कोटिहवामा रहेको टाइगर रिसोर्ट प्यालेस मा रहेको लगानी अस्टे«लियन नागरिकले बेचेर लगेका छन् ।अरबौ को लगानी रहेको पर्यटन क्षेत्रमा बेचेर विदेशी लगानीकर्ता बाहिरिनु देशको लागि आर्थिक तथा वैदेशिक लगानीका लागि नराम्रो हो । अहिलेको नेपालको परिवेशमा बैदेशिक लगानी भित्रयाइनु पर्नेमा धेरै नै आवश्यक छ ।
निष्कर्ष
नेपाल पछिल्लो अवस्थामा इजी डुईङ बिजनेश मा ९४ स्थानमा रहेको छ । जसमा भारत ६३ यौ स्थान मा रहेको छ । नेपालको सुचाङक हेर्ने हो भने देशको व्यवसाय गर्नको लागि राम्रो मानिदैन् । यस्ता कुराहरुमा सरकारको ध्यान जानु अपरिहार्य आवश्यकता छ । हाम्रो नेपाल गरिब हुनु पर्ने कारणमा पर्र्र्दै पर्दैन मात्रै के हो भने स्रोतहरुको सही परिचालन नहुनु र राजनिति एउटा सही प्रणालीमा नचल्नु भनी विज्ञहरु दाबी गर्दछन् ।
देशको सम्बृद्धिको लागि आज सम्पुर्ण राजनितिक शक्तिहरु एक ठाउमा उभिनैपर्ने अपरिहार्य आवश्यकता छ । व्यवसाय अनुकुल नितिहरुको निमार्ण गर्नु पर्ने पनि आवश्यकता देखिन्छ । अनि मात्रै देश समृद्ध हुन्छ ।
(नवलपरासी पश्चिम को प्रतापपुर गा पा मा घर भएका लेखक गुप्ता अर्थ, शिक्षा र कुटनितिक क्षेत्रमा लेख्दै आइरहेका छन् ।)