काठमाडौं । जाजरकोट भूकम्पबाट ९१० घर पूर्णरूपले नष्ट भएका छन् । दुईहजार ८६१ घरमा आंशिक क्षति पुगेको प्रहरीले जनाएको छ । आइतबार अपराह्न ५ बजेसम्मको विवरणअनुसार भूकम्पबाट अहिलेसम्म १५७ जनाले ज्यान गुमाएका छन् । अन्य २४६ जना घाइते भएका छन् ।
प्रहरीका अनुसार अहिलेसम्म उपचारपछि १४६ जना अस्पतालबाट डिस्चार्ज भएका छन् । शुक्रबार राति ११ बजेर ४७ मिनेटमा जाजरकोट केन्द्रविन्दु भएर गएको ६.४ म्याग्निच्युडको भूकम्प गएको थियो । जसबाट जाजरकोट र रुकुम पश्चिम बढी प्रभावित भएका छन् ।