सर्वाेच्चकाे आदेशपछि नेपालगन्जबाट पक्राउ परे रिगल

सर्वाेच्चकाे आदेशपछि नेपालगन्जबाट पक्राउ परे रिगल

काठमाडौं । राष्ट्रपतिबाट आममाफी पाएर रिहा भएका योगराज ढकाल ‘रिगल’ पक्राउ परेका छन् । उनलाई प्रहरीले बाँकेकाे नेपालगन्जबाट पक्राउ गरेकाे हाे ।

सर्वोच्च अदालतले योगराज ढकाल रिगललाई दिइएको आममाफी बदर गर्दै उनलाई तत्काल पक्राउ गर्न आदेश दिएकाे थियाे । आदेश लगत्तै उनलाई प्रहरीले पक्राउ गरेकाे हाे ।चेतन मानन्धरकाे हत्या आराेपमा जेल सजाय भाेगिरहेका रिगलले राष्ट्रपति रामचन्द्र पाैडेलले स‌ंविधान दिवशकाे अवसरमा आममाफी दिएका थिए ।

सर्वोच्चको फैसलापछि उनी अब ११ वर्ष ११ महिना ५ दिन जेलमा बस्नुपर्ने भएको छ ।