विश्वकपमा आज असार ७ गते तीन खेल हुने (कसको अवस्था कस्तो ?)

विश्वकपमा आज असार ७ गते तीन खेल हुने (कसको अवस्था कस्तो ?)

काठमाडौं, ७ असार । रुसमा जारी २१ औं संस्करणको फिफा विश्वकप फुटबल अन्तर्गत समुह चरणका दोस्रो चरणका खेलहरु भइरहेका छन् । दोस्रो चरण अन्तर्गत आज तीनवटा महत्वपूर्ण खेल हुँदैछन् ।

आज हुने पहिलो खेलमा साँझ ५ः ४५ बजे डेनमार्क र अष्ट्रेलिया भिड्दै छन् । पहिलो चरणमा फ्रान्ससँग पराजित भएको अष्ट्रेलियाले अघिल्लो चरण प्रवेशको सम्भावना बनाउनका लागि यो खेल जित्नै पर्नेछ भने डेनमार्कले पहिलो चरणमा पेरुलाई हराउँदै तीन अंक बनाइसकेको छ । यसअघिको खेलमा फ्रान्सलाई कडा टक्कर दिएको अष्ट्रेलियाले डेनमार्कविरुद्ध खरो रुपमा प्रस्तुत हुने अनुमान सहजै गर्न सकिन्छ छ ।

त्यस्तै, आज हुने दोस्रो खेलमा राति पौने ९ बजे फ्रान्सले पेरुको सामना गर्दै छ । फ्रान्सले पेरुमाथि भने सजिलै जित निकाल्न सक्ने अनुमान गरिएको छ । पहिलो चरणमा डेनमार्कसँग पेरु पराजित भइसकेको छ ।

आजको तेस्रो खेललाई महत्वका साथ हेरिएको छ । आज राति पौने १२ बजे अर्जेन्टिनाले क्रोएसियाबीच प्रतिस्पर्धा हुदैछ ।
अर्जेन्टिनाले पहिलो चरणमा आइसल्याण्डसँग बराबरी खेल्दै १ अंक बटुलेको छ भने क्रोएसियाले नाइजेरियालाई हराउँदै ३ अंक बटुलिसकेको छ । यो खेलमा जित हात पार्दै क्रोएशिया ६ अंक बटुल्ने रणनीतिमा छ ।

अर्जेन्टिना पनि अघिल्लो चरणको फितलो खेललाई सच्चाउदै क्रोएशिया माथी जीत निकाल्दै ४ अंक बनाउने रणनीतिमा । अर्जेन्टिनाले अघिल्लो खेलमामा बराबरी खेलेका कारण यो खेल जित्नैपर्ने दबाबमा छ । त्यसमा पनि अर्जेन्टिनाका क्याप्टेन लियोनल मेस्सीले अघिल्लो चरणमा पेनाल्टी मिस गरेको पीडालाई आज गलत सावित गर्नेगरी अर्जेन्टिना खेलकालागि मैदानमा उत्रिने अनुमान गरिएको छ ।