काठमाडौं, ७ असार । अर्जेन्टिनाका स्टाइकर मेस्सी आईसल्यान्डविरुद्ध पेनाल्टीलाई गोल गर्न नसकेको पीडा र त्यसमाथि बराबरीको नतिजालाई उल्टाउने दाउमा छन् ।
विश्वकप समुह डी को खेलमा अर्जेन्टिनाले आज क्रोएसियाको सामना गर्दा उत्कृष्ट फरवार्ड तथा कप्तान लियोनल मेसीसामु फेरि एकपल्ट सच्चिने अर्को अवसर रहेको छ । यद्यपी क्रोएसिया त्यति सजिलो प्रतिद्धन्द्धी भने होइन । आफ्नो पहिलो खेलमा नाईजेरियालाई २-० ले हराएर उत्साही क्रोएसिया अर्जेन्टिनाकालागि तगारो बन्न सक्ने खेल विश्लेषकहरुको विश्लेषण छ ।