काठमाडौं, ७ असार । रुसमा जारी विश्वकप फूटबल प्रतियोगितामा स्पेनले आफ्नो पहिलो जीत दर्ता गरेको छ । गएराति भएको खेलमा उसले इरानलाई १-० गोल अन्तरले पराजित गर्यो । स्पेनको जीतमा डियागो कोस्टाले ५४औं मिनेटमा निर्णायक गोल गरे । भिडियो असिस्टेन्ट रेफ्री भारले इरानको गोललाई अफसाइड करार गरेपछि विश्वकपको समूह बीमा स्पेनले इरानबिरुद्ध १-० गोलअन्तरको जित आत्मसाथ गरेको छ ।
स्पेन आफ्नो पहिलो खेलमा पोर्चुगलसँग बराबरीमा रोकिएको थियो । इरानले भने मोरक्कोलाई १-० ले पराजित गरेको थियो ।जितसँगै स्पेनको ४ अंक पुगेको छ । सोही समूहमा रहेको पोर्चुगलले पनि बुधबार नै मोरक्को विरुद्ध १-० को जित दर्ता गरेकाले उसको पनि समान ४ अंक छ । इरान ३ र मोरक्को ० अंकमा छन् ।