

काठमाडाैँ, ६ असार । साउदी अरेबियालाई १–० ले हराउँदै उरुग्वे प्रि क्वाटरफाइनलमा प्रवेश गरेको छ । समुह ए मा रहेको उरुग्वेले दोश्रो चरणको खेलमा पनि जीत निकाल्दै अघिल्लो चरण प्रवेश गरेको हो । उरुग्वेको जीतसँगै समुह ए बाट आयोजक रुसको पनि अघिल्लो चरण पक्का भएको छ ।

समूहको सुरुआती दुई खेलमा जित हासिल गरेको दुवै टोलीको समान ६ अंक छ भने जित हासिल गर्न नसकेको इजिप्ट र साउदी अरवले अंक जोड्न सकेका छैनन् । समूहको अन्तिम खेल रुस र उरुग्वेबीच हुनेछ यही खेलबाट समूह विजेताको टुंगो लाग्नेछ । आज साउदी अरवबिरुद्धको उरुग्वेको जितमा पहिलो हाफको २२औं मिनेटमा लुइस स्वारेजले गरेको गोल नै निर्णायक बन्यो ।