काठमाडौं, ६ असार । राष्ट्रिय जनता पार्टीको एकता महाधिवेशन २०७६ सालको वैशाख ७, ८ र ९ हुने भएको छ। बुधबार बसेको राजनीति समितिको बैठकले यो निर्णय गरेको हो ।
२०७४ बैशाखमा मा एक वर्षभित्र महाधिवेशन गर्ने सहमति गर्दै मधेस केन्द्रित ६ दल मिलेर राजपा बनेको थियो। निर्वाचन आयोगले जेठमा ३ महिनाभित्र महाधिवेशन गर्न भने पनि राजपाले एक वर्षपछि अधिवेशन गर्ने निर्णय गरेको हो।