– दीपेन्द्र बस्नेत-
पुनर्वास। कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर मा निर्वाचनको सरगर्मी बढे संगै लालझाडी गाउँ पालिका ५ बाट माओवादी केन्द्र परित्याग गरि १ दर्जन बढी कार्यकर्ता काँग्रेस प्रवेश गरे पछि बामगठबन्धनलाई झटका लागेको छ ।
प्रतिनिधि सभामा बामगठबन्धनबाट प्रतिनिधि सभा सदस्यमा माओवादी अध्यक्ष प्रचण्डकी बुहारी चुनावी प्रतिस्पर्धामा आएसंगै यस क्षेत्रमा गठबन्धनमा आबद्ध माओवादी र एमाले कार्यकर्तामा बितिष्णा बढेको छ । कञ्चनपुरको सिमान्त निर्वाचन क्षेत्र नम्बर १ मा रणनीतिक रुपमा चुनावी प्रचारमा जुटेको काँग्रेस बलियो बन्दै गइरहेको छ ।
बुधबार लालझाडी गाउपालिका ५ माओवादी परित्याग गरि स्थानीय नेतृ बसन्ती नेपाली सहित १४ जनाले नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । बुधबार काँग्रेस प्रवेश गरेकी नेतृ बिमला माओवादी केन्द्रकी सकृय स्थानीय नेता हुन ।
माओवादी पार्टी हुनेखाने वर्गको पृष्ठ पोषण गर्न बाटोमा लागेको र परिवारवाद संरक्षणमा माओको बिचारलाइ परिभाषित गर्ने परिपाटी बिकसित हुँदै आएपछि माओवादी पार्टी परित्याग गरेको नेतृ बिमलाले बताइन् ।
बुधबार लालझाडी गाउपालिका स्थित देखतभुलीमा आयोजित नेपाली काँग्रेसको चुनावी सभामा कालुसिह खड्का,बिष्ना ऐर, जंगबहादुर बोहरा सहित १४ जना कार्यकर्ताले माओवादी परित्याग गरि नेपाली काँग्रेस प्रवेश गरेका हुन ।
कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर १ का प्रतिनिधि सभाका उम्मेदवार तथा निवर्तमान साँसद दिवानसिह बिष्ट र प्रदेश (क) का प्रदेश सभाका उम्मेदवार गोपालसिह गुरुङले पार्टी प्रवेश गर्नेहरुलाई टीका लगाएर स्वागत गरेका थिए ।
प्रतिनिधि सभामा बामगठबन्धनबाट प्रतिनिधि सभा सदस्यमा माओवादी अध्यक्ष प्रचण्डकी बुहारी चुनावी प्रतिस्पर्धामा आएसंगै यस क्षेत्रमा गठबन्धनमा आबद्ध माओवादी र एमाले कार्यकर्तामा बितिष्णा बढेको छ ।
कञ्चनपुरको सिमान्त निर्वाचन क्षेत्र नम्बर १ मा रणनीतिक रुपमा चुनावी प्रचारमा जुटेको काँग्रेस बलियो बन्दै गइरहेको छ ।