

गाजापट्टी, ३० असाेज । इजरायलको हवाई आक्रमणमा दक्षिणी गाजामा कम्तिमा २५ जनाको मृत्यु भएको छ ।गाजा पट्टीमा इजरायली हवाई आक्रमणमा परी महिला र बालबालिका सहित कम्तीमा २५ जनाको मृत्यु भएको हो ।
अल जजीराका अनुसार पछिल्लो आधा घण्टामा स्ट्राइकले प्यालेस्टिनी क्षेत्रको दक्षिणी भागमा २.४ मिलियन मानिस बसोबास गर्ने आवास क्षेत्रमा आक्रमण सुरु गरेको थियो।यो स्पष्ट छैन कि दक्षिणी गाजाको कुन भागमा आक्रमण भइरहेको छ । यद्धपी, यसअघि खान युनिस र रफाह क्षेत्रमा धेरै बम विष्फोट भएको खबर प्राप्त भएको थियो ।
अन्य दर्जनौं घाइते पनि भएको स्रोतले जनाएको छ।