इजिप्टलाई ३-१ ले हराउँदै रुस अघिल्लो चरणमा प्रवेश

इजिप्टलाई ३-१ ले हराउँदै रुस अघिल्लो चरणमा प्रवेश

काठमाडाैँ, ६ असार । आयोजक रुससँग पराजित भएपछि इजिप्ट विश्वकपबाट बाहिरिने लगभग पक्का भएको छ । रुस भने ६ अंकसहित एक खेल अगाडि नै अघिल्लो चरण प्रवेश गरेको छ ।  दोस्रो खेलमा इजिप्टमाथि जित हात पारेपछि रसियाले समूहमा ६ अंक बनाएको हाे ।

पहिलो खेलमा उरुग्वेसँग पराजित भएको इजिप्ट भने घर फर्किने सम्भावना बढेको छ । आज हुने खेलमा साउदी अरेवियाले उरुग्वेविरुद्धको खेलमा जित निकाल्न नसकेको खण्डमा इजिप्ट बाहिरिने छ भने रसिया प्रिक्वार्टर फाइनलमा पुग्नेछ ।

४७औं मिनेटमा अहमेद फातीले आफ्नै पोस्टमा गोल गरेपछि रुसले अग्रता लियो । रोमन जोब्निनको प्रहार बचाउने क्रममा इजिप्टका फातीले आत्मघाती गोल गरेका थिए ।

५९औं मिनेटमा डेनिस चेरिसेभले गोल गर्दै रसियालाई २–० को अग्रता दिलाए । उनले मारियो फर्नाण्डेजको पासमा गोल गरेका थिए । यो गोलसँगै चेरिसेभले दुई खेलमा तीन गोल पुर्याएका छन् । तीन मिनेटपछि अर्तेम जुबाले उत्कृष्ट ब्यक्तिगत गोल गर्दै रसियाको अग्रता ३–० मा लम्ब्याए ।

यो जितसँगै समूह ‘ए’बाट रुस ६ अंकसहित अघिल्लो चरणमा प्रवेश गरेको छ । यसअघि रुसले विश्वकप उदघाटन खेलमा साउदी अरबलाई ५-० ले हराएको थियो । जारी विश्वकपमा रुसले ८ गोल गरिसकेको छ भने १ गोल खाएको छ ।