इजरायलबाट २५० नेपाली लिएर काठमाडौं उड्यो नेपाल वायु सेवा निगमको जहाज

इजरायलबाट २५० नेपाली लिएर काठमाडौं उड्यो नेपाल वायु सेवा निगमको जहाज

काठमाडौं । युद्धग्रस्त इजरायलबाट २५० जना नेपाली लिएर नेपाल वायु सेवा निगमको जहाज काठमाडौंका लागि उडेको छ ।

नेपाली नागरिकलाई लिन गएको नेपाल वायु सेवा निगमको विमानबाट उनीहरु स्वदेश फर्केका हुन् ।नेपाली बोकेर इजरायलबाट उडेको विमान आज बिहीबार राति सवा ९ बजे काठमाडौंमा अतवरण हुने छ ।

नेपाल फर्किन चाहेका करिब चार सय नेपाली नागरिकमध्ये बिहीबार नेपाल वायुसेवा निगमको विमानमा २५० जना घर फर्कन लागेका हुन् ।नेपाली नागरिकलाई लिन परराष्ट्रमन्त्री एनपी साउद आफैं विमानमा इजरायल गएका छन् ।

त्यहाँ उनले नेपाली राजदूत र दूतावासका कर्मचारीसँग नेपालीहरुको स्थितिका बारेमा कुराकानी गरेका उनको सचिवालयले जनाएको छ ।